३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

उपचुनावमा व्यक्तिगत गालीगलौच हैन एजेण्डामा आधारित बहस गरौँः अध्यक्ष ओली

२३ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले, व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न नेताहरुलाई आग्रह गरेका छन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले, आगामी वैशाख १० गते हुने उपनिर्वाचस्वस्थ र मर्यादित बनाउन र एजेण्डामा आधारित बहसमा उत्रिन आगह्र गरेका हुन् ।

‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु। ’ उनले भनेका छन् । आफूले गत चुनावमा पनि कांग्रेसको सभापतिलाई एजेण्डामा आधारित बहसका लागि आग्रह गरेको भन्दै उनले त्यतिबेला सफल नभएको र अबको राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ ।’ उनले लेखेका छन् ।
उपचुनावमा भाग लिने धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखेको भन्दै खुसी व्यक्त गरेका उनले यो नेपाली राजनीतिलाई सही बाटोमा लैजाने राम्रो संकेत भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : 12:53