२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयरको आकार घटायाे, अब कति जारी हुन्छ ?

२२ चैत, काठमाडाैं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरको आकार घटेर आउने भएको छ । कम्पनी सञ्चालक समितिको चैत २१ गते मंगलबार बसेको बैठकले प्रस्तावित हकप्रद सेयरको आकार घटाएर १०० प्रतिशत अर्थात १ः१ अनुपात कायम गर्ने निर्णय गरेको हो। यसअघि गत फागुन १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१.५ प्रतिशत १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो।

उक्त प्रस्ताव नियमनकारी निकायको स्वीकृती प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।

प्रकाशित मिति : April 5, 2023 at 12:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/