मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न प्राइम लाइफले बोलायो साधारणसभा
२१ चैत, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको चैत २० गते बसेको बैठककाे निर्णयअनुसार सभा वैशाख ६ गते अग्रवाल सेवा केन्द्र कमलपोखरी, काठमाडौंमा बिहान १०:३० बजे सुरू हुने छ ।
सभाले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच एक-आपसमा गाभ्ने-गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । तीन कम्पनी एक-आपसमा गाभिएपश्चात ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव अनुमोदन हुनेछ । सोही सभाले मर्जर प्रयोजनका लागि १ः१ः१ सेयर स्वाप रेसियो कायम गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। हालसम्म भएका मर्जरसम्बन्धी सम्पूर्ण सम्झौता तथा कार्यहरु सभाले स्वीकृत गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुककलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : April 4, 2023 at 12:55 pm









