४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको अध्यक्षमा राजनमान श्रेष्ठ, सचिवमा जोनि जेके

२० चैत, नुवाकोट । लायन्स क्लब अफ नुवाकोट क्यापिटलले नयाँ नेतृत्व चयन गरेको छ । सन् २०२३ र ०२४ का लागि नयाँ नेतृत्व चयन भएको लायन्स क्लब अफ नुवाकोट क्यापिटलका सचिव जोनि जेकेले जानकारी दिए ।

लायन्स लिडर अनुजकुमार श्रेष्ठको उपस्थितिमा भएको भेलाले नयाँ सिमितको उपाध्यक्षमा केशव मिश्र, सचिवमा जाेनि जेके, कोषाध्यक्षमा युवराज अमात्य, सर्भिस कोर्डिनेटरमा सुवास श्रेष्ठ, एडुकेशन कोर्डिनेटरमा बिष्णु श्रेष्ठ, फेलाेसिप काेर्डिनेटर दामोदर नेपाल, आइपिपिमा दिनेश कुमार श्रेष्ठ र सदस्यहरूमा  सुरजमान श्रेष्ठ, शैलेन्द्र बज्राचार्य, रमेश कुमार श्रेष्ठ, लक्ष्मी प्रधान र मनिस राजभण्डारी रहेका छन ।

प्रकाशित मिति : 22:22