३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सात महिना लामो बन्दसत्रबाट नेतृत्वमा पुगेका युवा विद्यार्थीसँग ओली

२० चैत, काठमाडौँ । सात महिना लामो बन्दसत्रबाट नेतृत्वमा पुगेका युवा विद्यार्थीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक र एक्लाएक्लै तस्बिर कैद गराएका छन । सोमबार ओली निवास पुगेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको टोलीसँग अध्यक्ष ओलीले तस्बिर कैद गराएका हुन । उनले छोटोमा बधाइ दिँदै देखिनेगरी काम गर्न निर्देशन दिएको सामूहिक तस्बिर कैदमा सहभागी एक नेताले जानकारी दिए । सो अवसरमा अत्यन्त ब्यस्तताको बाबाजुत पनि समय दिनुको भन्दै कमिटीका अध्यक्ष रामजी सापकोटाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए ।

बिहीबारमात्र कमिटीले सात महिना लामो बन्दसत्रबाट नयाँ नेतृत्व घोषणा गरेको थियो । २०७९ भदौ १५ मा उद्घाटन भएर बन्दसत्र स्थगित भएको कमिटीको बिहीबार अधिवेशनको समापन समारोह गरी नेतृत्वको घोषणा गरिएको थियो ।

नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा रामजी सापकोटा चयन भएका छन् । अनेरास्ववियुका पूर्व उपमहासचिव सुदर्शन शिवाकोटी कमिटीको उपाध्यक्षमा चयन भएका छन । त्यस्तै कमिटीको सचिवमा प्रकाश भुजेल, सहसचिव श्यामकाजी खत्री र विमला धमला चयन भएका छन् । कमिटीको सदस्यहरूमा किरण देउजा, रमेश भटटराई, विष्णुहरी त्रिपाठी, ऋीष गौतम, विजय घिमिरे, पवित्रा ढकाल, सुनिल तिवारी, कैलाश तामाङ, मुना तिवारी, स्वीकृति सुवेदी, मौसम स्याङ्बो, कुशल खतिवडा, धर्मराज तिमल्सिना, सपना सापकोटा, जगत लामा, कल्पना डुम्रे र सन्तोष सिलवाल रहेका छन ।

प्रकाशित मिति : April 3, 2023 at 8:06 pm