२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्सेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचिकृत, ओपनिङ रेन्ज कति ?

२० चैत, काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ । नेप्सेमा साविकको प्रिमियर इन्स्यारेन्स र सिद्धार्थ इन्स्योरेनस एक आपसमा गाभ्ने /गाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको क्रम संख्या १ देखि २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘एसपीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ६३७.६१ रुपैयाँ तोकेको छ। यसकाे अर्थ भोलि मंगलबारबाट यो कम्पनीको सेयर साेही मूल्यकाे आधारमा कारोबार सुरु हुनेछ।

प्रकाशित मिति : April 3, 2023 at 4:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/