३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगमा मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट

१९ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिएवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ।

सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा रिट दायर गरेको जानकारी दिए । उनले भने ‘सर्वोच्चले रिट अध्ययन गरिरहेको र केही दिनमा सम्पर्क गर्न भनेको छ । रिटमा नागरिकता दूरुपयोग कसुरमा मुद्दा चलाउन आवश्यक उत्प्रेषण, परमादेश जे जो चाहिने उपयुक्त आदेशको माग गरिएको छ।’

प्रहरी र सरकारी वकिल कार्यालयले राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै रिटमा महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।

२०७० फाल्गुन ९ मा अमेरिकी नागरिक भएका लामिछानेमाथि अमेरिकी राहदानी रहेकै बेला २०७२ जेठ १३ गते नेपाली राहदानी लिएकाले कारबाही हुनु पर्ने रिट निवेदकको माग छ ।

प्रकाशित मिति : 16:43