२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

बालविवाहको वर्तमान अवस्था, चुनौतीहरु तथा भावि कार्यदिशाका विषयमा छलफल

१३ चैत, काठमाडाैँ । नेपालमा बालविवाहको वर्तमान अवस्था, चुनौतीहरु तथा भावि कार्यदिशा विषयक एक उच्च स्तरिय नीतिगत सम्बाद कार्यक्रम सम्पन्न भएको छ । बालिका दुलहि हैन तथा एनएसिजी नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका सञ्जालहरु, सामाजिक संघ सस्थाहरु, विकासका साझेदार संस्थाहरु तथा सम्बन्न्धित सरकारी नियकाहरुको संयुक्त उपस्थिती रहेको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका यमलाल भुषालले नेपाल सरकारको तर्फबाट बालविवाह रोकथामका निमित्त विद्यमान कानुनहरु तथा भईरहेको प्रयासहरुको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो । साथै विभिन्न प्रदेश तथा स्थानिय सरकाररुले सकारात्मक प्रयासहरुको बावजुद पनि बालविवाह रोकथम गर्न चुनौती भइरहेको कुरा जानकारी गराउँनु भयो । यसका साथै उहाँले बालविवाह रोकथामका लागि नागरिक संघ सस्थाहररु तथा सरकारी निकायहरु संयुक्त रुपमा अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यपत्र माथि धारणा राख्ने क्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्य बम बहादुर बाँनियाले नागरिक संघ संस्थाहरुको अझै खबरदारीको आवश्यकता रहेको कुरामा जोड दिनु भयो ।

साथै राष्ट्रिय बाल अधिकार परिषद् बाल अधिकारमा काम गर्ने संस्थाहरुको साझा थलोको रुपमा रहेकाले नागरिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि जानकारी गराउँनु भयो । नेपाल सरकारले पनि राष्ट्रिय बाल अधिकार परिषद्लाई थप बलियो बनाउँदै यसको भूमिकालाई अझ अघि बढाउँन पनि उहाँले जोड दिनु भयो । सोही क्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले बाल विवाह न्यूनिकरणका लागि नेपाल सरकार नै प्रमुख रुपमा जिम्मेवार हुनु पर्ने कुरामा जोड दिनु भयो ।

बालविवाह अन्त्य हुनु भनेको राष्ट्रको गौरबको कुरा भएको तथा समग्र बालबालिकाको अवस्थामा सुधार हुनु भनेको देश विकासको सुचक पनि भएकाले यस कुरामा जोड दिनका लागि बाल अधिकार अभियानका प्रनेता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुत्त गौरी प्रधानले जोड दिनु भयो । त्यसैले भौतिक विकास मात्र गौरबका विषय नभई समग्र बालबालिकाको उत्थानको विषय पनि गौरबको विषय भएकाले यस अभियानमा लाग्नका लागि जोड पनि दिनु भयो । साथै सोही कार्यक्रममा नै बाल अधिकार सम्बन्धि विभिन्न १५ सञ्जालहरुले बाल बालिका राष्ट्रिय गौरब हुन् अभियानलाई अपनत्व ग्रहण पनि गरेका थिए ।

कार्यक्रमको समापन गर्नुहुदै एनएअन का अध्यक्ष किरण थापाले प्रस्तुत नीति संवाद कार्यक्रमबाट आएका सुझावहरुलाई मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा हस्तान्तरण गरि बाल विवाह अन्त्यका लागि सबै माझ पहलकदमीका लागि नेतृत्व लिने कुराको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : March 27, 2023 at 12:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/