३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेका छन्: सांसद डा. पौड्याल

१६ चैत, काठमाडाैं । राष्ट्रियसभा सदस्य एवम् पूर्व मन्त्री डा. विमला राई पौड्यालले दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेकाे बताएकी छिन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको बताएकी हुन् ।उनले मिटरब्याजीलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेकी छिन् । ‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्‍यो’ उनले भनिन् ।

उनले मिटरब्याजी पीडितलाई खुलामञ्चमा बस्न नदिएकामा पनि असन्तुष्टि जनाएकी छिन् । उनले भनिन्, ‘खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेशबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने ?’

प्रकाशित मिति : 14:55