३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कांग्रेसले तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेद्वार बनाउने

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसले, तनहुँ १ मा नेता गोविन्द भट्टराईलाई र चितवन २ मा जितनारायण श्रेष्ठलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई तनहुँ १ को उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।

उनले भने ‘यो बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र १ को उप निर्वाचन हुदैँछ वैशाख १० मा, त्यसका लागि पार्टीको तर्फबाट उम्मेद्वार चयन गर्ने निर्णय गरेको छ।

तनहुँ क्षेत्र नम्बर एकमा पार्टी केन्द्रीय सदस्य नेविसंघ पूर्व सभापति गोविन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको संगसंगै चितवन क्षेत्र नम्बर २ उपनिर्वाचन पार्टीका पूर्व चितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।’

तनहुँ १ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ। यस्तै, कांग्रेसले बारा २ को विषयमा भने कांग्रेसले ठोस निर्णय नगरेको उनले बताए । १९ गते बस्ने केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बसेर टुङ्ग्याउने निर्णय भएको उनको भनाई छ । तर कांग्रेसले त्यहाँ जसपा उम्मेद्वारलाई सघाउने चर्चा छ । त्यहाँबाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारी छ ।

प्रकाशित मिति : March 30, 2023 at 12:59 pm