२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

छुट्ला है ! दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ चैत, काठमाडौं । विभिन्न दुई लघुवित्तको लाभाैश सुरक्षित गर्ने आज चैत १६ गते बिहीबार अन्तिम दिन रहेकाे छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

आज चैत १६ गते बिहीबार जीवन विकास लघुवित्त र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १७ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसर्थ, यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन आजै सेयरधनी बनिसक्नु पर्ने छ ।

१) जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तकाे चौथो वार्षिक साधारणसभा चैत ३० गते मोरङको कटहरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्तापुँजीकाे १४.२८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद गरी कुल १४.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

२) एनएमबि लघुवित्त

एनएमबि लघुवित्तकाे १० औँ वार्षिक साधारणसभा वैशाख १५ गते पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका र ०.५२६३ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताि पारित गर्नेछ ।

प्रकाशित मिति : March 30, 2023 at 10:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/