३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मिटरब्याज पीडितहरूको समस्यामा सरकारले छलकपट गरिरहेको छः प्रदीप पौडेल

१५ चैत, काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरूलाई सरकारले पासोमा पारेर छलकपट गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले पीडितहरू न्याय माग्न पटक पटक काठमाडौँ आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगरी छलकपट गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘‘नागरिक सधैँ दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौँ धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौँ आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक पटक धाइरहनुपर्ने कुनै जाली छट्टुले तानाबाना गरेको छलकपट गरेको चक्रजस्तो पासोमा नागरिक कतिन्जेल परिरहने ?’

मिटर ब्याजको साहु स्वयम र उनीहरूको कार्यकर्ताहरूले महिलाहरूलाई यौन शोषण सम्म गर्ने गरेको कुरा आएको भन्दै उने त्यसतर्फ गम्भिर हुन उनले सरकारको ध्यानकर्षण गराए ।

प्रकाशित मिति : March 29, 2023 at 4:22 pm