३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

स्थानीय सरकार बलियो हुन केन्द्र सरकार पनि स्थायी हुनुपर्छः मेयर बालेन साह

१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले केन्द्र सरकार टिकाउ नहुँने प्रवृतिले स्थानीय सरकारलाई गाह्रो परेको गुनासो गरेका छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपालि सरकार केहीसमयलाई टिकाईदिए स्थानीय सरकारलाई समन्वय गर्न सजिलो हुने टिप्पणी गरे ।

उनले भने, ‘स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि । प्रधानमन्त्री ,मन्त्री यही हुनुहुन्छ उहाँहरूको सरकार टिक्दैन र कहिलेकहीँ गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्री ज्यूलाई यसपालिसरकार केहि समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’

सबैभन्दा पहिले बागमती र अन्य खोलानाला जोगाउन आवश्यक भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले त्यसपछि लिपुलेक पनि जोगाउँला भने । काठमाडौं महानगरले बागमती सभ्यता जोगाउन खोजिरहेकोभन्दै उनले यो काममा सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 14:00