२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माओवादीका शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश, सिके राउतले गरे स्वागत

१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका हुन् । कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. राउतले एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका छन् ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थियो । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने निश्चित भएको छ । पार्टी प्रवेशका क्रममा कुशवाहले आफूलाई माओवादीभित्र सधैँ अन्याय गरिएको गुनासो गरे । कुशवाह २०६४ को संविधानसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १२:५७