१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः गंगाप्रसाद उप्रेती नियुक्त

२१ असोज, काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलार्इ पुनः नियुक्त गरेका हुन् ।

यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको सदस्यमा सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् ।

सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताए । उनले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने धारणा राखे । ‘साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो’ उनले भने ।

प्रकाशित मिति : 14:13