२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सत्ता गठबन्धनको बैठक बस्दै

१५ चैत, काठमाडाैं । आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रिमण्डल बिस्तारका बारेमा बैठकमा सहमति जुटाउने प्रयास हुनेछ ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।हिजोको बैठकमा मन्त्रालय भागबण्डाका विषयमा पनि छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३-३ मन्त्रालयकाे अडान राखेपछि सहमति जुट्न सकेकाे थिएन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०८:३२