२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे बुझेरमात्रै ऋण लिनुपर्छः राष्ट्र बैंक

१४ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा विभिन्न शुल्कका बारेमा जानकारी लिन केन्द्रीय बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै फेरि बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत गर्दा लिने पाउने सेवा शुल्कका विषयमा सर्वसाधारणलाई अवगत गराएको हाे ।

विगतमा खुला छाडिएको सेवा शुल्कसम्बन्धी व्यवस्थालाई राष्ट्र बैंकले २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिन पाउने सेवा शुल्कको सीमा तोकेको थियो।

कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कर्जा कारोबार गर्नुपर्दछ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व हो’ राष्ट्र बैंकले जारी गरेकाे उक्त सूचनामा उल्लेख छ ।

विगतमा खुला छाडिएको सेवा शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ, ‘यी बैंक तथा वित्तीय संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन्’, राष्ट्र बैंकले भनेको छ। कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे स्पष्ट जानकारी हासिल गरेरमात्र कर्जा लिन राष्ट्र बैंकले सचेत गराएको छ।

प्रकाशित मिति : March 28, 2023 at 12:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/