२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

अर्थशास्त्रमा विद्यावारिधी गरेका प्रकाशशरण महत अर्थमन्त्री बन्दै

१३ चैत, काठमाडाैँ । अर्थशास्त्रमा विद्यावारिधी गरेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्रीमा नियुक्त हुने भएका छन । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले अर्थमन्त्रीमा महतलाई पठाउन लागेको हो ।

महतलाई अर्थमन्त्रीमा नियुक्तिका लागि सभापति शेरबहादुर देउवाले वचन समेत दिइसकेको कांग्रेस स्रोतले जनाएको छ । प्रधानमन्त्री बाहेक सत्तारूढ दलहरूको बीचमा अर्थ र गृह मन्त्रालयमा सहमति जुटेको छ ।

जस अनुसार अर्थमा महत र गृहमा माअोवादी नेता उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भाैतिकबाट सरूवा गरेर लैजाने करिब निश्चित जस्तै बनेको छ । बाँकी मन्त्रालयको सहमतिका लागि मंगलबार पनि सत्तारूढ दलहरू छलफलमा बस्दैछन ।

अमेरिकाबाट अर्थशास्त्र विद्यावारिधी गरेका महत शान्त र सन्तुलित स्वभावका रहेका छन । यसअघि उनले परराष्ट्र र उर्जामन्त्री हुँदा पनि राम्रो काम गरेका थिए । नेपाल विद्यार्थी संघबाट राजनीतिमा स्थापित भएका महत गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ११:५९