२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

सत्ता गठवन्धन दलको बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

१४ चैत, काठमाडाैं ।  सरकार विस्तारको क्रममा रहेको सत्ता गठवन्धन दलको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा मन्त्रालय भागबण्डाको बिषय माथि छलफल हुनेछ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकले मन्त्रालय भागबण्डाको बिषय आजै (मंगलवार) नै टुंगो लगाउनेछ । भागबण्डाको बिषय टुंगो लागे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंललवार नै मन्त्रीपरिषद् बिस्तार गर्नेछ ।

मन्त्रालय भागबण्डामा कुरो नमिल्दा विश्वासको मत लिएको साता दिन बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । प्रधानमन्त्री दाहालले गत ६ चैतमा विश्वासको मत लिएका थिए । सत्ता गठवन्धन मध्येको प्रमुख दल काँग्रेसले अर्थसहित ८ मन्त्रालय मागिरहेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्रपार्टी(रास्वपा)ले गृहसहित तीन मन्त्रालय दाबी गरिरहेको छ । नेकपा एस र जनता समाजवादी पार्टीले तीन मन्त्रालय मागिरहेको छ । त्यसबाहेक जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलले कम्पतीमा दुई–दुई वटा मन्त्रालय पाउनु पर्ने अडानमा छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ०९:३६