२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध माइतीघरमा प्रदर्शन

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ । मेयर साहले सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै सोमबार बिहान  माइतीघर मण्डलामा संयुक्त राष्ट्रिय सुकुम्बासीमोर्चाले विरोध प्रदर्शन गरेको हो ।

काठमाडौंको नयाँबानेश्वरदेखि, माइतीघरसम्म प्रर्दशन गरेका उनीहरुले आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेकाले प्रर्दशनलाई निरन्तरता दिइएको बताएका छन् । विरोध प्रदर्शनकारीले, पक्राउ परेका भूमिअभियन्ताहरुलाई निःशर्त रिहा गर्नु पर्ने, उनीहरुमाथि लगाइएका मुद्धा खारेज गर्नुपर्ने लगायतका माग राख्दै मेयर साहको विरोधमा चर्का नारा लगाएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्षकुमार कार्कीले बालेन साहले चुनाव अगाडि सकुम्बासीहरुलाई गरेको बाचा पूरा नगरेको भन्दै आक्रोस पाखे । उनले भने‘तिमीलाई एउटा कुरा सम्झाउन चाहन्छौ । बालेन साह ७० लाख सुकुम्बासी छन् । ७० लाखलाई जेलमा राख्ने व्यवस्था गर पहिला जेल बनाउ अनि जेल हाल्न खोज । हाम्रो बास उठाउँदै छौ भने हामी जेल बस्न तयार छौं । हिजो चुनावमा उठ्दा भनेको थियौ गरीबको बोल्दीने कोहि छैन् चमेली भन्दै गीत गाउँथ्यौ आज त्यो गीत मेयर बनेपछि विर्सिएउ ।’

उनले भूमिहिनहरुलाई जग्गाधनीपूर्जा दिनुको साटो संविधान, कानुनविपरित उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहेको आरोप लगाउँदै उनले कडा आन्दोलनमा जाने चेतावनी दिए ।

प्रकाशित मिति : March 27, 2023 at 2:04 pm