२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारको टुङ्गो भोलि मात्रै

१३ चैत। काठमाडाैं । सत्ता गठबन्धनधारी दलबीच मन्त्रिपरिषद् विस्तारबारे भोलि ठोस निर्णय गर्ने सहमति भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफलमा भोलि अपरान्ह गठबन्धन बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफलले मन्त्रिपरिषद बिस्तारका लागि भोलि दिउँसो ४ः०० बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १२:०४