३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

आगामी चुनावमा एमाले एक्लैले बुहमत ल्याउछः अध्यक्ष ओली

१३ चैत, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी चुनावमा एक्लै बुहमत ल्याउने दाबी गरेका छन । उनले आगामी चुनावमा एमाले एक्लैले ५१ प्रतिशत स्थानमा विजय हाँसिल गर्ने दाबी गरेका छन।

आइतबार सन्धिखर्कमा मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मिसन ग्रासरूढ अभियान मार्फत एमालेले आगामी चुनावमा एक्लै बुहमत ल्याउने दाबी गरे ।

उनले सोही कार्यक्रममा मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जान्नुपर्ने बताए । उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए । ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको भएको बताए ।

प्रकाशित मिति : 10:56