२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मन्त्रीका कारण बैठक अवरुद्ध भएपछि राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

१२ चैत, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ । बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन्।

राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १४:२५