२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी आजदेखी सुरु

१० चैत, काठमाडौं । नेपाल फाइभ पी प्रर्दशनी आजदेखी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामातेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनीको उद्धघाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका हुन्।

काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको प्रर्दशनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायिलगायत सहभागि छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापार व्यवसायिहरुलाई एकै ठाँउमा ल्याएर व्यापार साझेदारी गर्दै नविनतम प्रविधि प्रदर्शन र संवादका लागि प्रर्दशनी उपयोगी हुने आयोजकको भनाइ छ ।

प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुले उत्पादन गरेका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ।

एक्पोमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टल रहनेछन् । प्रर्दशनी अवलोकन गर्न चाहानेले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : March 24, 2023 at 12:17 pm