२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मुगु केन्द्रबिन्दु भएर भूकम्प

१० चैत, काठमाडाैं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

प्रकाशित मिति : March 24, 2023 at 10:53 am