३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

सबैले समाजवाद्का गीत गाए तर जनताले केही पाएनन्ः अध्यक्ष बास्तोला

७ चैत, काठमाडाैं । नेकपा बहुमतका अध्यक्ष धमेन्द्र बास्तोलाले सबै नेपाली आन्दोलनमा आफुहरुले धोका पाएको टिप्पणी गरेका छन् ।आज काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले,नेताहरुले समाजवादको गीत गाएर हिडेको तर केही परिवर्तन भने गर्न नसकिएको स्वीकार गरे ।

उनले भने ‘हामीहरुले धेरै धोखा खाएको छौं । नेपाली आन्दोलनहरुमा धेरै धोखा खाएका छौं। त्यो बेलामा केही परिवर्तनहरु त भए तर जनताको हातमा साशन व्यवस्था भएन् । जनताले धोका पाए । जनताले त्यसपछि यो समाजवाद भनेको के नै रहेछ र ? किनभने हिजो केपी ओलीले पनि समाजवादको कुरा गरेकै हो ।

सिपि मैनालीले पनि समाजवादको कुरा गरेकै हो । प्रचण्डले पनि समाजवादकै लागि संघर्ष गरे । सबै नेताहरुले समाजवादको गाना त गाए तर केही भएन् ।’ नेपाली आन्दोलनले मुलुकको केही पाटोहरु परिवर्तन भए तर जनताको हातमा शासन व्यवस्था भने पुग्न नसकेको उनको भनाई छ ।

प्रकाशित मिति : 14:12