३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न: पुरानै गठबन्धनमा फर्किनु थियो भने एमालेसँग किन सहयात्रा गरेको ?

६ चैत, काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा बनेको गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किनुको कारण दिनुपर्ने बताएका छन्। सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले भने, ‘तपाईलाई के कारण पर्यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’

कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेका उनले प्रधानमन्त्री पाउने वित्तिकै एमालेसंग दूरीको सम्बन्ध कायम गर्दै मान मर्नमा उत्रिनुको कारण सोधे । प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताएका उनले यसअघि गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्डको आग्रहमा आफुहरुले सशर्त सर्मथन दिएको बताए ।

प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले राष्ट्रिय सहमतिको नाममा देशलाई द्वन्द्वमा धकेल्ने खेल भइरहेको समेत आरोप लगाए ।

प्रकाशित मिति : March 20, 2023 at 2:50 pm