३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

कुमारी बैंककाे ३८ हजार ६ सय कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

६ चैत, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले तर्क बहादुर बुढाथोकीको नाममा रहेकाे ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा राखिएको संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

ताेकिएकाे उक्त अवधिमा सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : March 20, 2023 at 1:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/