मुलपानीको जुवा अखडामा प्रहरीको छापा, भाग्नेक्रममा एक जना छतबाट खसेर गम्भीर घाइते
१९ असोज, काठमाडाैँ । नेपाल प्रहरीले मुलमानीको एउटा जुवा अखडामा छापा मारेको छ । शुक्रबार राति १० बजे प्रहरीले जुवाको अखडामा छापा मारेको हो । सादा पोशाकका प्रहरीले जुवाको अखडामा छापा मार्दा भाग्नेक्रममा एक जना गम्भीर घाइते भएका छन ।

गम्भीर घाइते भएका ती व्यक्तिलार्इ अस्पताल लगिदै छ । लडेका ती व्यक्तिको अवस्था गम्भीर रहेको छ । अहिले काठमाडाैँ प्रहरी प्रमुख बसन्त लामासहितको टोली मुलमानीमा पुगेको छ ।
प्रकाशित मिति : 23:09









