प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
५ चैत, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०८ अंकले घटेर १९३३.२३ विन्दुमा पुगेकाे छ।
आइतबार प्रि ओपन सेसनमा ९ स्टकको २ लाख ३ हजार ७८९ रुपैयाँ बराबरको ४०२ कित्ता सेयर किनबेच भएको छ।
प्रकाशित मिति : March 19, 2023 at 11:03 am









