३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

गगनलाई एमाले अध्यक्ष ओलीको जवाफः कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ सालसम्म कुर्नु पर्दैन

३ चैत, काठामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, कांग्रेस प्रतिपक्षको भूमिकामा पुग्न अर्को चूनावसम्म कुर्न नपर्ने जवाफ फर्काएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज उपराष्ट्रपतिमा मतदान गरेपछि उनले भने यसअघि, कांग्रेस नेता गगन थापाले एक कार्यक्रममा एमालेसँग प्रतिपक्षमा भेट हुन्छ भनेको प्रसंगको जवाफदिदैँ कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ साल सम्मकुर्न नपर्ने बताएका हुन् ।

मतदान पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने ‘एकजना अलि  चर्का  कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्छ ?अहिले भेट्नुभएको छैन ?उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्यो ?त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

यसअघि ओलीले कांग्रेससँग सहमति नगर्ने भन्ने कुरामा कसम खाएको छैन् भनेका थिए । त्यसको जवाफमा कांग्रेस नेता थापाले अब एमालेसंग प्रतिपक्षमा भेट हुने जवाफ दिएका थिए । प्रजातान्त्रिक सिस्टममा हार जित हुने कुरा समेत साठगाठेँ सिस्टम भएको ओलीको टिप्पणी छ ।

प्रकाशित मिति : March 17, 2023 at 3:18 pm