१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

यसवर्षको नोबल शान्ति पुरस्कार यौन हिंसाविरोधी डेनिस मुकवेगे र नदिया मुरादलेलार्इ

१९ असोज, काठमाडौँ । यसवर्षको नोबल शान्ति पुरस्कार यौन हिंसाविरोधी डेनिस मुकवेगे र नदिया मुरादले पाएका छन् । बलात्कारविरोधी अभियन्ता नदिया र कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिसलाई नोबल शान्ति पुरस्कार दिइएको हो । उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न निर्वाह गरेको भूमिकाका लागि नोबल शान्ति पुरस्कार दिइएको हो ।

शुक्रबार नोबल पुरस्कार घोषणा गर्दै नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले भने ‘ डेनिस मुकवेगे पीडितको रक्षाका लागि पुरै समर्पित भएका छन् । नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध आवाज उठाइन् । उनीहरुको अभियानले युद्धको समयमा यौन दुर्व्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’

मुकवेगेले आफ्नो युवा उमेरको लामो समय कंगोमा यौन दुर्व्यवहारमा परेकाहरुको उपचार र सहयोगमा बिताएका थिए । उनी र उनको टिमले यस्ता हजारौं पीडितको उपचार गरेको छ । नोबल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : 15:50