बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?
२ चैत, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि चैत ३ गते शुक्रबार बाँडफाँड हुने भएकाे छ । कम्पनीले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा बिहान ११ बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ।
कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा करिब १५ लाख ३३ हजार आवेदकबाट कुल १ करोड ६७ लाख ६५ हजार बढी कित्ता सेयर खरिदका लागि आवेदन परेकाे छ । जुन माग भन्दा २०७.१० गुणा बढी हो । कम्पनीकाे आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेकाे हुनाले गोलाप्रथाबाट बाँडफाँड हुने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ ।
प्रकाशित मिति : March 16, 2023 at 12:39 pm


