छुटाउनु भयाे की ? यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२ चैत, काठमाडौं । विभिन्न तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज चैत २ गते बिहीबार अन्तिम दिन रहेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी तीन वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली चैत ३ गते शुक्रबार बुकक्लोज गर्दैछन् । यसकाे अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
१) हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा चैत २९ गते, बुधबार बिहान ११ बजे, वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा बस्नेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश गरी कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
२) प्रुडेन्सियल इन्स्योरेन्स
प्रुडेन्सियल इन्स्योरेन्सले चैत्र १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा दिउसो १२ः३० बजेदेखि २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१७५ प्रतिशत नगद लाभांश गरी कूल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
३) स्वाभिमान लघुवित्त वित्तीय संस्था
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चैत्र ११ गते डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहिमा बिहान ११ बजेदेखि छैठौँ बार्षिक साधारणसभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०९:३६












