५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

१ चैत, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.४४ अकंले घटेर १९३८.६२ बिन्दुमा बन्द भएको छ । आज २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।त्यस्तै, सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १ लाख र हिमालयन डिष्टिलरीको ३ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:११