१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कुमारी बैंकको जीवन बीमा सुविधासहित आकर्षक योजना सार्वजनिक

१ चैत, काठमाडाैं । कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दति निक्षेप योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकको मुद्दति रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त हुनेछ।

नेपालमै पहिलोपटक जीवन बीमा सुविधासहितकोे मुद्दति निक्षेप योजना सार्वजनिक गरेको बैंकले कुमारी जीवन बीमा २ह् मुद्दति खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दति रकम दुईगुणा हुने व्यवस्था गरेको छ। यो योजनाअन्तर्गत बैंकले मुद्दति रकमबराबरको अवधिक जीवन बीमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखिको मुद्दति खाता खोल्न सक्नेछन्। सो योजनाअन्तर्गत मुद्दति निक्षेपकर्ताले अधिकतम १ करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दति रकम दुईगुणा वृद्धि हुनेछ। यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

मुद्दति निक्षेप तथा जीवन बीमा दुवै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिँदै आएका छन्। कुमारी बैंकले पहिलोपटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आबद्घ गरी आफ्ना ग्राहकमाझ प्रस्तुत गरेको छ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै लग्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : March 15, 2023 at 1:40 pm