१० असार २०८३, बुधबार | Thu Jun 25 2026

अब सबै सरकारी कर्मचारीले ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ भनेर नारा लगाउनुपर्ने

१८ असोज, काठमाडाैँ । सरकारी कार्यालयमा नयाँ व्यवस्था लागू भएको छ । अब निजामति कर्मचारीले अब दैनिकरुपमा कार्य प्रारम्भ गर्नुअघि ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ भन्ने प्रतिज्ञा वाचन गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रत्येक राष्ट्रसेवक कर्मचारीका लागि कार्यालयमा काम सुरु गर्नुअघि यस्तो प्रतिज्ञा वाचन अनिवार्य गर्ने निर्णय गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै त्यस्तो प्रतिज्ञा लेखिएका स्टिकर वा ब्यानर बनाई कार्यालयमा देखिने स्थानमा टाँस्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै सरकारी कार्यालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयमा भने केही साता अघिदेखि नै उक्त व्यानगर टाँगिएको थियो ।

प्रकाशित मिति : October 4, 2018 at 10:20 pm