३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई मत दिने कांग्रेसको निर्णय

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार  जसपाका रामसहाय यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको  केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णयकाे नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताए। पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको उनले बताए।

यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ।

प्रकाशित मिति : March 15, 2023 at 12:22 pm