५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बुधबार कति छ सुनकाे मूल्य ?

१ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा काराेबार भएको छ।

मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। मंगलबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:२४