प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से
१ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १.८५ अंकले बढेर १९५३.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंकले बढेर १९५३.९६ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख ४८ हजार ६३७ रुपैयाँ बराबरको ४१९ कित्ता सेयर किनबेच भएकाे हाे ।
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:०३












