एनआईशी एसिया बैंकका सञ्चालक नै बैंकको ठगीविरुद्ध सडकमा
१ चैत्र, काठमाडौँ । बैंक तथा बित्तिय संस्थाले चर्को ब्याज लिएर ठगी गरिरहेको भन्दै भएको सडक आन्दोलनमा एनआईशी एसिया बैंकका सञ्चालक नै अग्रमोर्चामा देखिएका छन । सबैभन्दा बढी उद्योगी व्यवसायीलाई दुःख दिएर आतंकित बनाएको आरोप खेपेको एनआईशी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाइ नै बैंकविरूद्धको आन्दोलनमा अग्रमोर्चामा देखिएका छन ।
बैंकको ज्यादतीविरूद्ध महाअभियान चलाएका दुर्गा प्रसाईले सडकबाट ऋण अशुल गर्ने नाममा भारतीय गुण्डा परिचालन गरेको भनेर आरोप लगाइरहेकै समयमा प्रसाईले नेतृत्व गरेको अभियानमा साथ पुग्नेगरी सञ्चालक संघाइ पनि सडकमा देखिएका हुन ।
यद्यपी उनी उद्योग वाणिज्य महासंघको निर्वाचनलाई लक्षित गरेर भोटका लागि सडकमा पुगेको भनेर आलोचना गर्नेहरू पनि छन । तर उनले भने बैंकहरूले ज्यादती गरेको भन्दै ब्याजदरका बारेमा सोच्नुपर्ने बताउँदै आएका छन ।
प्रकाशित मिति : March 15, 2023 at 7:48 am









