२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

निर्मला हत्या प्रकरणः नेपाल प्रहरीका अाइजिपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग

१८ असोज, काठमाडाैँ ।  निर्मला पन्तको बलात्कारपछिको हत्याको विषयलार्इ लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक (अाइजी) सर्वेन्द्र खनालको तत्काल बर्खास्तीको माग गरेका छन् ।

निर्मला हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कार्वाही गर्न नसकेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक खनाललाई बर्खास्त गर्न माग गरेका हुन् । बिहीबार बिहान गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दवाव दिएका हुन ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी महानिरीक्षक खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको अनुरास्ववियूकी अध्यक्ष नविना लामाले जानकारी दिइन् । उनले जनताको जीउधनको सुरक्षा दिन नसकेको भन्दै गृह प्रशासनको पनि चर्को आलोचना गरिन् ।

प्रकाशित मिति : 16:34