नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
३० फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मा तीन कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा समता घरेलु लघुवित्त, आरएमडिसी लघुवित्त र मनकामना स्मार्ट लघुवित्तकाे मूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
१) समता घरेलु लघुवित्त
नेप्सेमा समता घरेलु लघुवित्तको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३९ रूपैयाँ ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७३५ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
२) आरएमडिसी लघुवित्त
नेप्सेमा आरएमडिसी लघुवित्तको २६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७३८ रुपैंया २५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ९३० रुपैंया २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
३) मनकामना स्मार्ट लघुवित्त
नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२५ रुपैंया ५४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ७६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली बुधबारदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १६:०४












