आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
३० फागुन, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा सुधार देखिएकाे छ । निरन्तर ओरालाे लागेकाे बजार आज भने सामान्य अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.८५ अंकले बढेर १९५३.०६ बिन्दुमा बन्द भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर १९५३.०६ बिन्दुमा बन्द भएको छ । आज २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड५९ लाख २५ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।
आज एनआइसी एशिया एसिया ब्यालेन्स्ड फण्डको ५.६४ प्रतिशतले सेयर मूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स, कृषि विकास बैंक, स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुकाे सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:२८












