४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

चैत ९ गतेदेखि कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजना निष्कासन गर्ने

३० फागुन, काठमाडाैं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि ‘कुमारी सुनौलो लगानी योजना’ नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुलामुखी याेजना हाे ।

क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ५० करोड रुपैयाँ बराबरको कुल ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । त्यसपछी बाँकी रहेको ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ ।

उक्त म्युचुअल फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म छिटोमा चैत १३ गतेसम्म र ढिलोमा चैत्र २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:५६