४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सिक्लेस हाइड्रोपावरले घोषणा गर्याे लाभांश

३० फागुन, काठमाडाैं । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते सोमबार बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १८ औँ वार्षिक साधारण सभा चैत्र २० गते, आभ्या क्लब घारिपाटन पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले संचालक समितीले प्रस्ताव गरेको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन समेत पारित गर्नेछ । चालु आर्थिक बर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित र  सर्वसाधारण समूहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन समेत गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०९:५७