५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

२९ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा स्वरोजगार लघुवित्त र कृषि विकास बैंकको मूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) कृषि विकास बैंक

नेप्सेमा कृषि विकास बैंकको २ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २९३ रूपैयाँ १४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २९९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) स्वरोजगार लघुवित्त

नेप्सेमा स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६६३ रुपैंया ९३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ८१० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली मंगलबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १६:२६