नेप्सेमा दुई कम्पनीको सेयर कारोबार रोक्का
२९ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई कम्पनीकाे सेयर काराेबार राेक्का भएकाे छ । नेप्सेमा नेपाल सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का भएकाे हाे ।
यी दुई लघुवित्त एक आपसमा गाभिएर सिवाइसी नेपाल लघुवित्तको नामबाट फागुन ३० गते देखि एकीकृत कारोबार गर्ने भएका छन् ।सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार फागुन ३० गते देखि रोक्का गरिने नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १६:०२












