नेप्सेमा थप ५० लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत
२९ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा चिलिमे जलविद्यूत कम्पनीको ७.५ प्रतिशत बोनस सेयर बापतको कुल ५० लाख ६३ हजार ८४६ कित्ता सेयर सूचीकृत भएको हो ।
गत आर्थिक वर्षका लागि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। सोही ७.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।
प्रकाशित मिति : March 13, 2023 at 1:48 pm









