भिजन लुम्बिनी ऊर्जाले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
२९ फागुन, काठमाडाैं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ३८ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्ड निवेदन दिएको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने छ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रकाशित मिति : March 13, 2023 at 10:47 am


